१३ बैशाख २०८१, बिहिबार

नेता महतोले भने,‘काम न काजको शक्तिशाली दुई तिहाई सरकार !’

प्रकाशित मिति :  8 May, 2020 5:31 pm


काठमाण्डौं, २६ वैशाख ।

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले दुई तिहाइको शक्तिशाली सरकारले दुई कौडीको काम पनि गर्न नसकेको टिप्पणी गरेका   छन् ।

प्रतिनीधिसभाको बैठकमा बोल्दै नेता महतोले सरकार र यसका नेतृत्वकर्ता पार्टी फुटाउने र कुर्सी जोगाउने काममा मात्रै लागेको टिप्पणी गरे ।
उनले राजपालाई फुटाउन सरकार नै लागि परेपनि आफूहरुले उल्टै पार्टी एकता गरेर सरकारलाई ‘सरप्राइज’ दिएको बताए ।

उनले भने,‘शक्तिशाली सरकारबाट जनताले के पाए ? सुशासन पायौं? समृद्ध पायौं ? सबैको लागि संविधान बन्यो ? संविधानले पूर्णता पायो ? पहिचानवादीले अधिकार पाए ? खोसीएका अधिकार पायौं ?’ महतोले सरकार जनता जोगाउन सारा उर्जा लगाउनुपर्ने बेला सरकार के गरिरहेको छ ? भन्दै प्रश्न गरे ।

महतोले भने,‘काम न काजको शक्तिशाली दुई तिहाई सरकार । जनतालाई पीडा दिन बनाएको हो शक्तिशाली सरकार ! यो के हो ?’ नेता महतोले कोरोनाबाट जसरीपनि जोगाउन सरकारलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !