१५ बैशाख २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्ड र देउवाबिच भेटवार्ता

प्रकाशित मिति :  28 March, 2024 11:06 am


काठमाडौँ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच बालुवाटारमा भेटवार्ता भएको छ।

नयाँ गठबन्धन बनेपछि प्रचण्डलाई भेट्न देउवा पहिलोपटक बालुवाटार पुगेका हुन्।

संसदलाई नियमित चलाउने र विचाराधीन कानुनहरू पारित गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डले सभापति देउवालाई बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।



प्रतिक्रिया दिनुहोस !