१३ बैशाख २०८१, बिहिबार

राजीनामा दिन प्रधानमन्त्री ओलीलाई पूर्व प्रधानमन्त्री भट्टराईको सुझाव

प्रकाशित मिति :  8 May, 2020 5:58 pm


 

काठमाण्डौं, २६ वैशाख ।

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न सुझाव दिएका छन् ।

आज प्रतिनीधिसभाको बैठकमा बोल्दै भट्टराईले नैतिकताका आधारमा राजीनामा प्रधानमन्त्री ओलीलाई आग्रह गरे ।

पार्टी फुटाउनेदेखि संबैधानिक परिषद् लगायतका विषयमा ल्याएको अध्यादेशमा प्रधानमन्त्री ओलीले गम्भिर कमजोरी गरेको भन्दै पूर्व प्रधानमन्त्री भट्टराईले नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका हुन् ।

उनले भने,‘ मेरो सुझाव छ प्रधानमन्त्री ज्यूले साँच्चै आत्म निरीक्षण र आत्मालोचना गर्नुभएको हो भने जुन गम्भीर गल्ति गर्नुभएको छ एक हदसम्म उहाँको संलग्नता र उहाँ निकटहरुको संलग्नतामा लोकतन्त्र विरोधी गतिविधि र हर्कत भएको छ यो ठूलो नैतिक प्रश्न हो ।’

आश र त्रासमा पारेर राजनीति गर्नुभन्दा नैतिकता धेरै ठूलो कुरो भएको प्रधानमन्त्री भट्टराईको भनाई छ । उनले भने,‘उहाँले जुन खालको उचाई प्राप्त गर्नुभएको छ, हाम्रोमा सत्तामा कति बस्यो भन्ने कुराले धेरै मुल्याङ्कन भईदैन । जुन उचाईमा पुग्नुभएको छ यस्तो बेला अनावश्यक ढंगले मुछिदा आफैमाथी पनि अन्याय भएको छ । यस्तो बेला जिर्ण भएको शरिरलाई आरम दिन र लोकतन्त्र बचाएर र आफ्नो पनि छवि बचाउन राजिनामा उपयुक्त हुन्छ ।’

प्रधानमन्त्रीको राजीनामा नै देशलाई सही दिशा दिने बाटो भएको पूर्वप्रधानमन्त्री भट्टराईको दाबी छ ।



प्रतिक्रिया दिनुहोस !