१५ बैशाख २०८१, शनिबार

नेपाल निर्माण व्यवसायी महासंघको साधारण सभा भोलिबाट हेटौँडामा

प्रकाशित मिति :  28 March, 2024 4:36 pm


काठमाडौँ ।नेपाल निर्माण व्यवसायी महासंघको २५ औं वार्षिक साधारण सभा वागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

साधारण सभा शुक्रवार (भाेलि) बाट सुरू हुने महासंघले जनाएको हो । बिहीवार हेटौँडामा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराएको हो । २५ औं वार्षिक साधारण सभा चैत्र १६ र १७ गते हुने महासंघले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै महासंघका महासचिव रोशन दाहालले साधारण सभाको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्नुहुने बताए । उद्घाटन समारोहमा उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, शहरी विकासमन्त्री धनबहादुर बुढाको उपस्थिति रहने बताए ।

साधारण सभा स्थलमा निर्माण कम्पनीसँग सम्बन्धित २४ वटा स्टलहरू राखिने बताए । २५ औं साधारण सभा मुलुकका समस्त निर्माण व्यवसायीहरुको सीप, दक्षता, क्षमता र गुणस्तरीयता अभिवृद्धि गर्न महत्वपूर्ण हुने लक्ष्य लिएको बताए । उनले निर्माण उद्योगमा देखिएको चुनौतिका बारेमा घनिभुत छलफल गर्दै निर्माण उद्योगको विकास बिस्तारका लागि साधारण सभाले गरेका महत्वपूर्ण निर्णयहरु लिपिवद्ध गर्दै घोषणा पत्र जारी गर्ने बताए ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले साधारण सभामा मुलुकभरबाट १ हजार भन्दा बढी पर्यवेक्षक र प्रतिनिधिहरुको उपस्थिति रहने बताए ।

श्रोत सुनिश्चितता गरेको र श्रोत व्यवस्थान नगरेका ५ खर्बका आयोजनाहरु रहेको भन्दै महासंघको सबैभन्दा ठूलो चुनौति नै श्रोत व्यवस्थापन नहुँदा आएका समस्या रहेको बताए । उनले निर्माण उद्योग चलायमान नभएकै कारण देशको अर्थतन्त्रले गति लिन नसकेको जिकिर गरे ।



प्रतिक्रिया दिनुहोस !