१२ श्रावण २०८१, शनिबार

यो वर्षको चैते धानको न्युनतम समर्थन मूल्य प्रतिक्विन्टल २ हजार ७०७

प्रकाशित मिति :  28 March, 2024 6:42 pm


काठमाडौँ । सरकारले चैते धानको समर्थन मूल्य तोकेको छ । आज (बिहीबार) बसेको मन्त्रिपरिषद्को बैठकले १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको प्रतिक्विन्टल दुई हजार ७०७ रुपैयाँ न्यूनतम समर्थन मूल्य तोकेको हो ।

त्यस्तै, १८ प्रतिशतभन्दा बढी चिस्यान भएको चैते धानको हकमा १ प्रतिशत चिस्यानका लागि प्रतिक्विन्टल १२०० ग्रामका दरले तौल घटाएर कायम हुन आउने तौलका आधारमा न्यूनतम समर्थन मूल्य कायम गर्ने निर्णय भएको छ ।

त्यसैगरी बैठकले संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिम तयार गरिएको नेपाल सरकारको आर्थिक वर्ष २०७९\८० को वार्षिक प्रतिवेदनलाई स्वीकृत गरी राष्ट्रपतिसमक्ष पेश गर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ ।



प्रतिक्रिया दिनुहोस !