इलाम -२ मा लिम्बुलाई उम्मेदवार बनाउने रास्वपाको निर्णय
प्रकाशित मिति : 28 March, 2024 6:54 pm

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा उपनिर्वाचनअन्तर्गत इलाम क्षेत्र नम्बर २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
रास्वपाले आज (बिहीवार) एक विज्ञप्ति जारी गर्दै आगामी उपनिर्वाचनका लागि लिम्बूलाई उम्मेदवार बनाएको घोषणा गरेको हो ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगका सचिव भूमिनन्द बरालका अनुसार अन्य ५ जनाले उम्मेदवारी फिर्ता लिएका थिए।
