१६ बैशाख २०८१, आइतबार

हामीले देशभर नै लालकिल्ला बनाउनुपर्छः ओली

प्रकाशित मिति :  28 March, 2024 6:59 pm


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको ११ औं अधिवेशन उद्घाटन गर्दै अध्यक्ष ओलीले देशभर नै लालकिल्ला बनाउनुपर्ने बताएका हुन् ।

उनले झापा जिल्ला २०४८ सालदेखि नै लालकिल्ला भएकाले लालकिल्लैको रुपमा रहने दाबी गरे । उनले लालकिल्लामा कसैलाई हात हाल्न दिनु नहुने बताए ।

उनले लालकिल्लामा हात हाल्ने कुचेष्टा नगर्न पनि चेतावनी दिए । उनले झापाबाट गल्तीले जितेर गएकाहरुको भुमिका कामै नलाग्ने रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !