१६ बैशाख २०८१, आइतबार

यस्तो रहनेछ शुक्रवार र शनिवारको मौसम

प्रकाशित मिति :  29 March, 2024 7:25 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ। नेपालमा हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको छ। शुक्रवार बिहानपख देशभर आंशिक देखि साधारणतया बदली रही बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दूई स्थानमा हल्का वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रवार र शनिवार मुख्यतया चार प्रदेशका पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने उच्च पहाड र हिमाली क्षेत्रमा हिमपात हुन सक्नेछ।

विभागका अनुसार शुक्रवार कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका, कर्णाली प्रदेश, र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा र देशको बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

शुक्रवार देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा शनिवार पनि मेघगर्जन ट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको पूर्वानुमान छ।

मौसम पूर्वानुमानको तीन दिनको पूर्ण विवरण हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !