१५ बैशाख २०८१, शनिबार

राष्ट्रिय सभाको बैठक बस्दै

प्रकाशित मिति :  29 March, 2024 9:31 am


काठमाडौँ । संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ ।

आजको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा जानकारी गराउनेछन् ।

बैठकमा अध्यक्षले राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभा उपाध्यक्षको पदबाट दिएको राजीनामा सम्बन्धी पत्रको व्यहोरा जानकारी गराउनेछन् ।

यस्तै संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका माननीय सभापति सोनाम गेल्जेन शेर्पाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको तहगत अन्तरसम्बन्ध र समन्वय’ विषयक अध्ययन प्रतिवेदन, २०८० माथि छलफल गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !