१० बैशाख २०८१, सोमबार

सुजुकीको ‘नयाँ वर्ष–२०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक

प्रकाशित मिति :  29 March, 2024 12:11 pm


काठमाडौं । नेपालका लागि सुजुकी मोटरसाइकल तथा स्कुटरको आधिकारिक आयतकर्ता तथा बिक्रेता भीजी अटोमोबमाईल्स प्रालिले ‘नयाँ वर्ष–२०८१ क्यास पाउँ एक्कासि’ योजना सार्वजनिक गरेको छ ।

मोटरसाइकल तथा स्कुटरको खरिद गर्ने ग्राहकलाई लक्षित गरी नयाँ वर्षको अवसरमा यो योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत ग्राहकले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुटका साथै थप स्क्र्याच कार्ड मार्फत १ लाख रुपैयाँसम्म क्यास एक्कासि वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मूल्यांकन भन्दा थप मोटरसाइकलमा १५ हजार रुपैयाँ र स्कुटरमा २० हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

फाइनान्समा शून्य प्रतिशत ब्याजदर मध्ये जुन ठिक लाग्छ त्यो ग्राहकले छनोट गर्न सक्ने कम्पनीले जनाएको छ ।

सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेन्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने कुरा जनाएको छ । यो योजना १४ चैतदेखि १८ जेठ २०८१ सालसम्म लागु हुनेछ ।



प्रतिक्रिया दिनुहोस !