१५ बैशाख २०८१, शनिबार

सुनको मूल्य हालसम्मकै उच्च

प्रकाशित मिति :  29 March, 2024 1:39 pm


काठमाडौँ । आज शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको विवरण अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । बिहिबार छापावाला सुन तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मुल्य तोलाको १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १५ बढेर तोलाको १ हजार ५ सय २५ रुपैयाँ पुगेको छ । बिहिबार चाँदी तोलाको १५१० रुपैयाँ कारोबार भएको थियो ।



प्रतिक्रिया दिनुहोस !