१५ बैशाख २०८१, शनिबार

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारलाई सांसद घिमिरेको ध्यानाकर्षण

प्रकाशित मिति :  29 March, 2024 2:04 pm


काठमाडौँ । राष्ट्रिय सभा सदस्य विमला घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

शुक्रवार राष्ट्रिय सभा बैठकमा प्रादेशिक सरोकार समयमा बोल्दै राष्ट्रिय सभा सदस्य घिमिरेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएकी हुन् ।

उनले विमानस्थल बनाउन अर्बौं रुपैयाँ खर्च भएको भन्दै हवाइ रुट नपाएको कारण बन्द हुने अवस्था आउनु दुःखद् भएको बताइन् ।उनले कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत उत्पादन सँगै सिंचाईमा प्रयोग गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “कालीगण्डकी र राप्ती नदीको पानीलाई विद्युत उत्पादनसँगै सिंचाईमा प्रयोग गर्न सक्दा रुपन्देही र कपिलवस्तुका अधिकांश जमिनमा सिंचाई हुनसक्छ भने सिक्टा सिंचाई आयोजना सञ्चालनमा आउन सक्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिंचाई हुनसक्छ । नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाँ अर्बौं खर्च भइसकेको छ । उक्त विमानस्थल हवाइ रुट नपाएको कारण बन्द हुनुपर्ने अत्यन्तै दुःखद् पक्ष हो । यसलाई कुटनैतिक पहल गर्न म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।”

राष्ट्रिय सभा सदस्य घिमिरेले सिक्टा सिंचाई आयोजना सञ्चालन गर्दा बाँके र बर्दियाका हजारौँ बिगाहा जमिन सिंचाई हुने भन्दै यसतर्फ पनि ध्यानाकर्षण गराइन् ।



प्रतिक्रिया दिनुहोस !