१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम सरकार छाड्न नाउपा अध्यक्ष श्रेष्ठको निर्देशन

प्रकाशित मिति :  29 March, 2024 4:59 pm


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी छिन् ।

उनले संसदीय दलका नेता घनश्याम चौधरीलाई कांग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिन निर्देशन दिएकी हुन् ।

चैत १४ मा टीकापुरमा बसेको पार्टी बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको भन्दै उनले सोही बमोजिम सरकारबाट बाहिर आउन निर्देशन दिएकी हुन । निर्देशन पालना नभए पार्टीको विधानअनुसार कारबाही हुने चेतावनी समेत दिएकी छन् ।



प्रतिक्रिया दिनुहोस !