६ जेष्ठ २०८१, आइतबार

काठमाडौँ पिंक केयराथन वैशाख ८ मा

प्रकाशित मिति :  30 March, 2024 9:17 am


काठमाडौँ । लेजर पोर्ट नेपालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा आगामी वैशाख ८ गते काठमाडौँ पिंक केयरएथन’ गर्ने भएको छ ।

महिलाहरूको स्वास्थ्य एवं फिटनेशमा सचेतना जगाउने उद्देश्यले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौँ पिंक केयरएथनमा महिलाहरुको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछन् ।

आयोजकले शुक्रवार पत्रकार सम्मेलनमार्फत कार्यक्रमकोबारे जानकारी दिएको हो । यस अघि पिन्काथलनको नामबाट यो कार्यक्रम हुँदै आएको थियो । यस पटक पिन्क केयरएथनमा तीन किलोमिटर, पाँच किलोमिटर र १० किलोमिटरको दूरी तय गरिएको छ ।

जुनसुकै उमेर समूहका महिलाहरुले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैँ घरायशी काम र दैनिकीमा व्यस्त रहने महिलाहरुलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताइन् ।

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तीन हजार महिलाहरु सहभागि हुने अपेक्षा गरिएको छ ।

महिला स्वास्थ्य, सचेतना र लोक कल्याणको क्षेत्रमा विविध कार्यक्रम गर्दै आएको नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी पराजुली कुँवरले यस कार्यक्रमले महिलाहरुलाई आफ्नो र आफ्नो परिवारको स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने बताइन् ।

काठमाडौँ पिंक केयरएथनको यस संस्करणमा भारतका चर्चित टेलिभिजन प्रश्तोता एवं कलाकार जय भानुशालीले सञ्चालन गर्नेछन् । सहभागि हुन चाहने महिलाहरुले इसेवाबाट नाम दर्ता गर्न सक्नुहुनेछ । पिंक केयरएथनको फेसबुक र इन्स्टाग्रामको पेजमा दिएको जानकारी अनुसार तोकिएका स्थानमा गएर भौतिक रुपमा पनि नाम दर्ता गर्न सकिनेछ ।



प्रतिक्रिया दिनुहोस !