१२ श्रावण २०८१, शनिबार

सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको छः नेता केसी

प्रकाशित मिति :  30 March, 2024 2:26 pm


काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सहकारी र लघुवित्तको रकम ठगी गर्नेहरूलाई सरकारले संरक्षण गरिरहेको आरोप लगाएका छन् ।

शनिवार काठमाडौँमा आयोजति एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले अहिले देशव्यापी रुपमा सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको बताए ।

उनले अहिल राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ अघि बढिरहेको जिकिर गरे । उनले नागरिकहरुमा निराशा छाएको बताए । उनले जनतामा निराशा र अनुन्तुष्टि आइरहेको भन्दै बिस्तारै समाज बिद्रोह र अराजकतातिर उन्मुख भइरहेको बताए ।

उनले भने, “अहिले देशव्यापी रुपबाट सहकारी र लघुवित्त ठगी खाने भाँडो भएको छ । राज्य त्यसलाई संरक्षण गर्ने, कारबाही भन्दा संरक्षण गर्नेतिर लागेको छ । यो किसिमको परिस्थितिमा यो संस्था, जुन संस्थामा हामी सबै आवद्ध छौँ, यसलाई एकदम निष्कलंक बनाउँदै एउटा लक्ष्यमा पुग्नुपर्छ । अहिले यो जटिलतापूर्वक राष्ट्रिय परिस्थिति दिनप्रतिदिन चुनौतितर्फ उन्मुख छ, आम जनतामा निराशा छ ।”

उनले अहिले सरकार सरकार जसरी र संसद संसद जसरी सञ्चालन हुन नसकेको बताए ।



प्रतिक्रिया दिनुहोस !