१९ बैशाख २०८१, बुधबार

राज्यले कृषि क्षेत्र र कृषकलाई कुनै पनि बहानामा उपेक्षा गर्दैन: मन्त्री साह

प्रकाशित मिति :  30 March, 2024 4:11 pm


काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहले राज्यले कृषि क्षेत्र र कृषकलाई कुनैपनि बहानामा उपेक्षा नगर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

शनिवार चितवनमा शुरु भएको नेपाल उद्योग परिसंघ अन्तर्गतको महिला नेतृत्व फोरम (सीएनआइडब्लुएलएफ) को आयोजनामा प्रथम प्रादेशिक महिला नेतृत्व कृषि सम्मेलन, २०२४ मा बोल्दै उनले यस्तो बताएकी हुन् ।

मन्त्री साहले कृषि क्षेत्रमा रहेका महिलाहरुको आम सुरक्षा,मर्यादित एवम् सम्मानित कृषि उद्यमशिलताको प्रत्याभूति गर्न निरन्तर लागिरहने प्रतिवद्धता व्यक्त गरिन् । उनले कृषि क्षेत्रको विकासमा लैङ्गिक उत्तरदायी बजेटको व्यवस्था गर्दै महिलाहरूको समस्या समाधानमा लाग्नुपर्ने बताइन् ।

कृषिमा नविनता, दिगोपन र उद्यमशिलताका विषयमा कृषि क्षेत्रका परिवर्तनकारी क्षेत्रमा निर्माण र कार्यान्वयनमा विज्ञहरुको निरन्तर सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको उनल बताइन् ।

मन्त्री साहले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयमार्फत महिलामैत्री कृषिकरण उपलब्धताको सुनिश्चिततासँगै महिलाहरुबाट सञ्चालित कृषि सहकारी, समूह, कृषि फार्महरुको विकासको लागि मन्त्रालयको विभिन्न कार्यक्रमहरू सञ्चालन गरिरहेको बताइन् ।

मन्त्री साहले कृषिलाई प्राथमिकता दिने, उत्पादन बढाउने, खपत बढाउनुपर्ने विषयमा आफू पूर्ण सहमत रहेको बताइन् । उनले आर्थिक विकासको लागि स्वदेशी उत्पादन एवं उपभोग बढाउन आवश्यक जोड दिने पनि बताइन् । आजबाट सुरू भएको सम्मेलन १८ गतेसम्म सञ्चालन हुनेछ । सम्मेलनमा ४० वटा स्टल रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !