१२ श्रावण २०८१, शनिबार

तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणमा गृह मन्त्रालय निर्मम छः गृहमन्त्री लामिछाने

प्रकाशित मिति :  30 March, 2024 4:18 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले तस्करी नियन्त्रण र राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालय निर्मम भएको बताएका छन् ।

शनिवार इलाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले सीमा वा विमानस्थलमा जहाँ भएपनि तस्करी नियन्त्रण, राजश्व चुहावट नियन्त्रणको कुरामा गृह मन्त्रालयले निर्मम भएर काम गरिरहेको दाबी गरे ।

उनले आम नागरिकको शान्ति सुरक्षा आफूहरुको चासोको विषय रहेको बताए उनले इलाममा लागुऔषधमा निकै ठूलो समस्या र चुनौति रहेको बताए । उनले इलाममा डरलाग्दो आत्महत्याको तथ्यांक आएको भन्दै यसमा अध्ययन नै गर्नुपर्ने आवश्यकता औंल्याए । उनले स्थानीय र राष्ट्रिय चुनौतिहरूसँग जुध्नको लागि सबै प्रतिवद्ध हुन जरुरी रहेको बताए ।

उपप्रधानमन्त्री लामिछानेले राजनीतिको भविष्यको प्रवाह नगरी सिंगो देशको भविष्यको ध्यान राखेर काम गर्ने प्रतिवद्धताका साथ आफूहरु सरकारमा आएको बताए ।



प्रतिक्रिया दिनुहोस !