१२ श्रावण २०८१, शनिबार

परिवर्तन खोजेको इलाममा घण्टी बजिसक्योः सभापति लामिछाने

प्रकाशित मिति :  31 March, 2024 8:25 am


इलाम । आगामी वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुन लागेको प्रतिनिधि सभाको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवारी घोषणा गरेको छ ।

शनिवार इलामको चोक बजार लाँकुरी चौतारामा एक कार्यक्रमको आयोजना गरी उम्मेदवार मिलन लिम्बूको उम्मेदवारी सार्वजनिक गरिएको हो । पार्टी सभापति रवि लामिछाने, उपसभापति डा. स्वर्णिम वाग्ले, पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठ सहितका पार्टीका नेताहरू इलाम पुगेर उम्मेदवार सार्वजनिक गरेका थिए ।

कार्यक्रममा बोल्दै उपप्रधान एवं गृहमन्त्री तथा पार्टी सभापति लामिछानेले अब चाँडै नै विजयी जुलुसमा उभिने घोषणा गरे। उनले सम्वाेधनका क्रममा इलामले परिवर्तन खोजेको बताउदैँ परिवर्तनको घण्टी बजिसकेको बताए।



प्रतिक्रिया दिनुहोस !