१७ बैशाख २०८१, सोमबार

भारतको विदेशी मुद्रा सञ्चिति बढेर ६४२.६३१ बिलियन अमेरिकी डलर पुग्यो

प्रकाशित मिति :  31 March, 2024 10:46 am


काठमाडौँ । भारतको विदेशी मुद्रा विनिमय (विदेशी मुद्रा) सञ्चिति मार्च २२ मा समाप्त हप्तामा १३९ मिलियन अमेरिकी डलरले बढेर ६४२.६३१ बिलियन डलर पुगेको छ ।

देशको केन्द्रीय बैंक, भारतीय रिजर्भ बैंक (आरबीआई) द्वारा जारी गरिएको तथ्याङ्कमा यसबारेमा उल्लेख गरिएको छ । यो लगातार पाँचौं हप्तामा पनि बढेको हो । गत सातामा विदेशी मुद्रा सञ्चिति ६४२.४९ अर्ब डलर रहेको थियो ।

आरबीआईको साप्ताहिक तथ्याङ्कले सुनको सञ्चिति ३४७ मिलियन डलरले बढेर ५१ अर्ब ४८७ अर्ब डलर पुगेको जनाएको छ भने विदेशी मुद्रा सञ्चितिको प्रमुख घटक विदेशी मुद्रा सम्पती १२३ मिलियन डलरले घटेर ५६८.२६४ अर्ब डलर पुगेको आरबीआईको साप्ताहिक तथ्यांकले देखाएको छ । अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य ८३.३१ र ८३.४० को बिचमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !