१२ श्रावण २०८१, शनिबार

न्यायाधीशहरूको आचरण छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने सांसद सिंहको माग

प्रकाशित मिति :  31 March, 2024 12:23 pm


काठमाडौँ । प्रतिनिधि सभा सदस्य अमरेशकुमार सिंहले न्यायाधीशहरूको आचरण छानवीन गर्न संसदीय छानवीन समिति गठन गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको आइबारको बैठकमा आकस्मिक समयमा बोल्दै प्रतिनिधि सभा सदस्य सिंहले न्यायपालिकाले पहुँचको आधारमा निर्णय गर्ने गरेको बताए ।

उनले न्यायपालिकाको निर्णय प्रक्रिया कानूनसम्मत र संविधानसम्मत हुनुपर्ने बताए । उनले व्यक्तिको प्रभावको आधारमा मुद्दा फैसला हुने गरेको भन्दै सर्वोच्च अदालतका न्यायाधीशहरुको मोबाइल रेकर्ड हेरिनुपर्ने बताए ।

उनले न्यायाधीशहरूको आचरणको छानविन गर्न संसदीय छानविन समिति गठन गर्नुपर्ने बताए । उनले कयौँ मुद्दाहरूलाई वर्षौंदेखि पेशी नदिने तर कुनैलाई जबर्जस्ती छिटोभन्दा छिटो फैसला गर्ने गरिएको भन्दै उनले यस्तो प्रवृत्तिको अन्त्य गर्नुपर्ने बताए ।

उनले न्यायपरिषद्मा धेरै उजुरी पर्ने गरेको भएपनि छानविन नहुने गरेको भन्दै यसतर्फ कानूनमन्त्रीको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस !