१२ श्रावण २०८१, शनिबार

शान्ति प्रक्रिया टुङ्ग्याउने कामलाई बार्गेनिङको विषय नबनाऔँ: सांसद पौडेल

प्रकाशित मिति :  31 March, 2024 1:57 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद देवेन्द्र पौडेलले शान्ति प्रक्रिया टुङ्ग्याउने कामलाई बार्गेनिङको विषय नबनाउन आग्रह गरेका छन् ।

आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद पौडेलले संसद् भित्रका दलहरू सत्तापक्ष र प्रतिपक्षमा पालोफेरो हुने गरेका भन्दै संविधानले निर्दिष्ट गरेका कानुनहरू बनाउने कुरामा सबै एकै ठाउँमा हुनुपर्ने बताएका हुन् ।

उनले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगसँग सम्बन्धित विधेयकलाई छिटोभन्दा छिटो टुङ्ग्याउनुपर्ने बताए ।

त्यस्तै शिक्षा ऐन, निजामती कर्मचारी ऐन, वन, प्रहरी र भूमिसँग सम्बन्धित ऐनलाई पनि छिटोभन्दा छिटो ल्याउनुपर्ने बताए ।

उनले संसद्लाई कटाक्ष गर्ने थलो नबनाई जनतामा परेका समस्या समाधान गर्ने परिणाममुखी थलो बनाउनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !