१२ श्रावण २०८१, शनिबार

सरकारले बाल सुधारगृहमा तत्काल पठनपाठनको व्यवस्था गर्नुपर्छ: कांग्रेस सचेतक थिङ

प्रकाशित मिति :  31 March, 2024 2:52 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले बाल सुधार गृहमा पठनपाठनको पनि व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छन् ।

युसेपले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पठनपाठनको व्यवस्था भएको उल्लेख गर्दै उनले सरकारले सञ्चालनमा ल्याएका बाल सुधार गृहमा पनि पठनपाठनको व्यवस्था तत्काल मिलाउन सरकारसँग माग गरेकी हुन् ।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले बालसुधार गृह बालसुधार हुने खालको नभएको औँल्याउँदै त्यसको भौतिक संरचनामा नै सुधार गर्न पनि सरकारलाई सचेत गराएकी हुन् ।

सचेतक थिङले क्षमताभन्दा बढी बालबालिकाहरु सुधार गृहमा राख्ने काममा सरकार आफैँ संलग्न भएको आरोप समेत लगाइन् ।

सचेतक थिङले विद्यमान बाल सुधार गृहको संरचना नबदल्ने हो भने त्यसलाई सुधार गृह भन्न मिल्ने अवस्था नरहेको जिकिर पनि गरिन् ।



प्रतिक्रिया दिनुहोस !