१२ श्रावण २०८१, शनिबार

सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्छ: सांसद सुवेदी

प्रकाशित मिति :  31 March, 2024 4:22 pm


काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद झक्कुप्रसाद सुवेदीले सरकारले मानवीय विकासमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको विकास, तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पछिल्लो चरणमा भौतिक विकासमा केही प्रगति भएपनि मानवीय विकासमा लगानी गर्न आवश्यक रहेको बताए ।

उनले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास भएपनि मानवीय विकास हुन नसकेको बताए । उनले नेपालमा मानवीय विकासको पाटो धेरै नै कमजोर रहेको जिकिर गरे । उनले नागरिकमा निराशा आउनुको कारण पनि मानवीय विकास हुन नसक्नु रहेको बताए ।

उनले भने, ‘भौतिक विकास पछिल्लो चरणमा आएर केही भएको छ । तर त्यो विकासले मान्छे खुसी हुनुपर्‍यो नि । मानवीय विकासमा लगानी गर्नुपर्‍यो । हामीले छलफल गर्दा पनि त्यसमा छलफल गर्नुपर्छ । योजना आयोगका सदस्यहरूलाई हामीले परम्परागत तरिकाले विकास गर्दा भौतिक विकास केही हुनसक्छ, तर मानवीय विकासको पाटो हेर्ने हो भने असाध्यै कमजोर देखिन्छ । मान्छेमा निराशा आउनुको कारण त्यही हो । उद्योगधन्दा छैन, केही छैन, मानिसले रोजगारी पाएको छैन, जनता सबैसँग रिसाएको छ । विकासको बारेमा हामीले छलफल गरेर नयाँ ढंगबाट परिभाषित गरेर जानुपर्छ ।’

सांसद सुवेदीले उद्योगधन्दाहरू सञ्चालन गराउनुपर्ने र रोजगारको सिर्जना बढी भन्दा बढी गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताए । कार्यक्रममा बोल्दै अन्य सांसदहरूले सहकारीको विषयलाई मुख्य प्राथमिकतामा राखेर सरकारले छलफल सुरु गर्नुपर्ने सुझाव दिए



प्रतिक्रिया दिनुहोस !