१२ श्रावण २०८१, शनिबार

सत्ता गठबन्धन उपनिर्वाचनमा एमाले उम्मेदवारलाई सहयोग गर्न सकारात्मक छः महेश बर्तौला

प्रकाशित मिति :  31 March, 2024 5:31 pm


काठमाडौँ । सत्तारुढ गठबन्धनको बैठकमा उपनिर्वाचनमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई समर्थन गर्ने बारेमा छलफल भएको छ ।

आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा सत्ता पक्षबाट एउटै उम्मेदवारलाई सघाउने विषयमा छलफल भएको हो । संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले यद्यपि सहमति भने जुटिनसकेको बताए ।

उनले सत्तारुढ दलहरूको बैठकमा आगामी उपनिर्वाचनको बारेमा सहज बनाउने विषयमा छलफल भएको बताए । बर्तौलाले नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था आउने र त्यस विषयमा छलफल सकारात्मक रहेको बताए ।

उनले भने, “सत्ता गठबन्धनको आजको बैठक सामान्यतया आगामी उपनिर्वाचनको बारेमा त्यसलाई सहज ढंगले कसरी अघि बढाउने रु दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भयो । त्यसपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्तिका विषयमा छलफल भएको छ । सरकारलाई अझ कसरी सशक्त र प्रभावकारी ढङ्गबाट अघि बढाउने लगायतका विषयमा छलफल केन्द्रित भयो । नेकपा एमालेबाट प्रस्तुत भएका उम्मेदवारहरूलाई समयसँगै एक ढङ्गबाट समर्थन गर्ने अवस्था छ ।”

उनले छलफलमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति र नागरिकका दैनिक जनजीवनसँग जोडिएका विषयहरूमा छलफल भएको बताए ।



प्रतिक्रिया दिनुहोस !