२ श्रावण २०८१, बुधबार

तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता छैनः मन्त्री बस्नेत

प्रकाशित मिति :  31 March, 2024 5:34 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले तीन महिनापछि लोडसेडिङ हुन्छ भन्ने कुरामा सत्यता नभएको बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) को स्थापनासँग सम्बन्धित सौम्झौता माथिको छलफलमा उठेको प्रश्नको जवाफ दिँदै मन्त्री बस्नेतले तीन महिनापछि लोडसेडिङ नहुने बताएका हुन् ।

छलफलका क्रममा केही सांसदहरूले भारतले विद्युत बिक्री बन्द गरेमा नेपालमा लोडसेडिङ हुनसक्ने भन्दै मन्त्री बस्नेतलाई प्रश्न गरेका थिए । सोही प्रश्नको जवाफ दिँदै उनले तीन महिनापछि लोडसेडिङ नहुने स्पष्ट पारे । उनले वर्षा याममा नेपालले विद्युत बिक्री गर्ने अवस्था हुने भन्दै उहाँले भ्रमको पछि दौडिनु नहुने बताए ।

उनले नेपाल अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आइ एस ए) मा सहभागि हुँदा प्रशस्त लाभ लिन सकिने बताए । उनले यो गठबन्धनमा आवद्ध भएबापत कुनै आर्थिक दायित्व समेत सिर्जना नहुने भन्दै चिन्ता लिनुपर्ने अवस्था नभएको बताए । उनले यो गठबन्धनमा आवद्ध हुँदा गठबन्धन बाहिर सहकार्य गर्नका लागि पनि कुनै बन्देज नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !