१९ बैशाख २०८१, बुधबार

मंगलवार मौसम मुख्यतया सफा रहने, कोशी र गण्डकीका एक–दुई स्थानमा वर्षा हुने

प्रकाशित मिति :  2 April, 2024 6:46 am


काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार आगामी २४ घण्टामा देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

विभागका अनुसार कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ भने कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !