१२ श्रावण २०८१, शनिबार

नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय छैनः महासचिव चन्द

प्रकाशित मिति :  2 April, 2024 7:15 am


काठमाडौँ। काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालमा राजनीतिक दलहरुको अनुशासन लागू गर्ने समय नभएको बताएका छन् ।

सोमवार पार्टीले काठमाडौंमा आयोजना गरेको शहीद गाथा ‘राष्ट्रको लागि बलिदान’ लोकार्पण तथा शहीद परिवार सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव चन्दले देशमा पार्टीको अनुशासन लागू गर्ने समय नभएको बताएका हुन् ।

उनले कुनै पार्टीको अनुशासनले अब कसैलाई नछेक्ने बताए । पुरानो तरिकाको पार्टीको आदेशले राजनीति नचल्ने पनि उनले स्पष्ट पारे । उनले जनताले नयाँ चिज खोजिरहेको भन्दै जनतालाई नयाँ चिज दिन आँट गर्नुपर्ने बताए ।

महासचिव चन्दले कम्युनिस्ट पार्टीको झण्डालाई आफूहरुले माथि उठाउने बताए । उनले साम्यवाद प्राप्त नहुञ्जेलसम्म कम्युनिस्ट पार्टीको झण्डालाई निरन्तर उठाइरहने बताए । उनले क्रान्तिको झण्डालाई कहिल्यै झुक्न नदिने पनि बताए ।

महासचिव चन्दले आफूहरुले जनताको सेवक बनेर काम गर्ने बताए । उनले चुनावको अधिकार प्रयोग गरेर मात्रै जनताको सेवा नहुने भन्दै चुनाव बाहिर बसेर पनि निरन्तर जनताको सेवा गर्न सकिने बताए ।

—न्युज एजेन्सी नेपाल



प्रतिक्रिया दिनुहोस !