१२ श्रावण २०८१, शनिबार

कुटपिटमा संलग्न रहेको भन्दै नागरिक उन्मुक्ति पार्टीका दुई प्रदेश अध्यक्ष निष्कासित

प्रकाशित मिति :  2 April, 2024 9:51 am


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का का बागमती प्रदेश अध्यक्ष दीपबहादुर योञ्जन तामाङ र गण्डकी अध्यक्ष राजन गुरुङ सो पार्टीबाट निस्कासित भएका छन्।

नागरिक उन्मुक्ति पार्टीअध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले गण्डकी अध्यक्ष राजन गुरुङ र वाग्मती अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरी पार्टीबाट निष्कासन गरेकी छन् ।

सोमबार नाउपा केन्द्रीय कमिटीको बैठकमा रेशम पक्षका नेताहरूबाट रञ्जिता पक्षका दुईजना नेतामाथि कुटपिट भएको थियो। सो घटनामा तामाङ र गुरुङ को संलग्नता रहेको भन्दै अध्यक्ष श्रेष्ठले उनीहरुलाई पार्टीबाट निस्कासन गरिएको बताएकी छन्।

श्रेष्ठले विज्ञप्ति जारी गर्दै दुवै जनालाई कारबाही गरिएको जानकारी दिएकी हुन्। तामाङ र गुरुङ नाउपाका संस्थापक नेता रेशमलाल चौधरी निकट मानिन्छन्।



प्रतिक्रिया दिनुहोस !