बाग्मती प्रदेशमा नेकपा एसकी रमा आलेमगर मन्त्री नियुक्त
प्रकाशित मिति : 2 April, 2024 11:25 am

काठमाडौं । बाग्मती प्रदेशमा नेकपा एकीकृत समाजवादीबाट रमा आलेमगर विनाविभागीय मन्त्री नियुक्त भएकी छन् । मन्त्री आलेमगरले मंगलबार पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले उनलाई विना विभागीय मन्त्रीको शपथ गराएका हुन् । काठमाडौँ चन्द्रागिरी नगरपालिकाकी आलेमगर काठमाण्डौँ निर्वाचन क्षेत्र १०९२० बाट प्रत्यक्ष निर्वाचित भएकी हुन्।
यो सँगै समाजवादीबाट शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा मन्त्रीको सङ्ख्या ३ पुगेको छ ।