१२ श्रावण २०८१, शनिबार

सुनको मूल्य घट्यो, चाँदी बढ्यो

प्रकाशित मिति :  2 April, 2024 11:19 am


काठमाडौँ । आज मंगलबार सुनचाँदी बजारमा छापावाला सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघको जानकारी अनुसार छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँ घटेर तोलाको एक लाख ३१ हजार २०० रुपैयाँमा कारोबार भइरहको छ ।

महासंघका अनुसार आज तेजावी सुनको मूल्य तोलाको एक लाख ३० हजार ५५० रुपैयाँ ताकिएको छ ।

आज चाँदीको मूल्य भने बढेको छ । सोमबार तोलाको १५३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज मंगलबार तोलामा १० रुपैयाँ बढेर तोलाको १५४५ रुपैयाँ कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !