१२ श्रावण २०८१, शनिबार

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भयोः सोविता गौतम

प्रकाशित मिति :  2 April, 2024 1:22 pm


काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गरेकी छन् ।

न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाईमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । उनले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाइन् ।

सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरू झनै अपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भिर भएर काम गर्न पनि सरकारलाई दबाब दिइन् ।



प्रतिक्रिया दिनुहोस !