१२ श्रावण २०८१, शनिबार

प्रश्न उठेका रास्वपाका मन्त्रीहरूले नैतिकताका आधारमा राजीनामा दिनुपर्छः सांसद यादव

प्रकाशित मिति :  2 April, 2024 1:52 pm


काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नगिना यादवले सहकारी प्रकरणमा नाम जोडिएका रास्वपाका मन्त्रीहरूले राजीनामा दिनुपर्ने बताएकी छन् ।

मंगलवार संसद भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन् ।

उनले काँग्रेसले आगामी दिनमा नैतिकताको पाठ पढाउने र नैतिकवान हुन जिम्मेवार हुन आग्रह गर्ने बताइन् । उनले प्रश्न उठेकाहरूले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताउँदै काँग्रेस राजीनामाको मागबाट पछि नहटेको पनि बताइन् ।

उनले भनिन्, “काँग्रेसले मन्त्रीहरूलाई नैतिकता देखाउन आग्रह गरेको छ । नैतिकताको पाठ पढाउँदै आफू नैतिकवान हुनुस् र जुन प्रश्न उठेको छ, त्यो अनुसार यहाँहरूले राजीनामा दिनुपर्छ भन्नेतिर नै काँग्रेस जान्छ । हामी सबै सूचकांकबाट नेगेटिभतिर गइरहेका छौँ । त्यस्ता कुरालाई मध्यनजर गरेर हामी सदनलाई रोकेर देशका कुनै काम अघि बढ्न नदिने भनेको राम्रो होइन, त्यसैले सदन चलाउँदै नराम्रा कामको बिरोधमा छौँ ।”

यादवले जनताको मर्म र देशको परिस्थितिलाई मध्यनजर गरेर काम कारबाहीलाई अघि बढाउन आवश्यक रहेको जिकिर गरिन् ।



प्रतिक्रिया दिनुहोस !