१२ श्रावण २०८१, शनिबार

सरकारले निजी क्षेत्रलाई प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको छः मन्त्री बस्नेत

प्रकाशित मिति :  2 April, 2024 2:27 pm


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले स्वदेशी निजी क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर जलविद्युत क्षेत्रमा काम गरिरहेको बताएका छन् ।

मंगलवार प्रतिनिधि सभा बैठकमा सांसद प्रेम सुवालले राखेकाे जिज्ञासाको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । मन्त्री बस्नेतले नेपालको जलविद्युत क्षेत्रमा स्वदेशी तथा विदेशी निजी क्षेत्रको संलग्नता रहेको उल्लेख गर्दै विशेष प्राथमिकता भने स्वदेशी निजी क्षेत्रलाई दिइएको स्पष्ट पारे ।

उनले नेपालको संविधानले समृद्धिका लागि निजी क्षेत्र, सहकारी क्षेत्र र सरकारको भुमिकाको स्पष्ट व्यवस्था गरेकाले सोही अनुसार लगानीको व्यवस्था गरिएको पनि स्मरण गराए । मन्त्री बस्नेतले जलविद्युतको विकासमा नेपालले केही वर्ष भित्र फड्को मार्ने दाबी समेत गरे ।



प्रतिक्रिया दिनुहोस !