१२ श्रावण २०८१, शनिबार

प्रतिनिधि सभामा बिमस्टेक बडापत्रको प्रावधानमाथि छलफल सुरू

प्रकाशित मिति :  2 April, 2024 2:51 pm


काठमाडौँ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमस्टेक) बडा पत्रको प्रावधानमाथि छलफल सुरू भएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकमा बिमस्टेकको बडा पत्र संसदबाट अनुमोदन गर्नुपर्ने भएकाले सो सम्बन्धमा छलफल सुरू गरिएको हो ।

बैठकमा बोल्दै एमालेका सांसद रघुजी पन्तले बिमस्टेकबाट नेपालले प्राविधिक, शैक्षिक र अनुसन्धानको क्षेत्रमा फाईदा लिन सक्ने बताए । उनले क्षेत्रीय संगठनमा भारतको बढि चासो भएको उल्लेख गर्दै देशको हितमा यसलाई परिचालन गर्न नेपाल सरकारले विशेष जोड दिनुपर्ने बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वार्णिम वाग्लेले विमस्टेकमा नेपालको सार्वभौमिकतामाथि आँच आउने कुनै पनि प्रावधान नभएकाले त्यसको स्वागत गर्नुपर्ने बताए । उनले विमस्टेकलाई सशक्त बनाउन सकियो भने त्यसले नेपालको हित नै गर्ने विश्वास समेत व्यक्त गरे ।

सांसद वाग्लेले आर्थिक उन्ननयन, सामाजिक प्रगति, वैज्ञानिक उपलब्धि, शान्ति, स्थायित्व, कनेक्टिभिटी जस्ता मुद्दाहरुमा विमस्टेकले जोड दिएको उल्लेख गर्दै नेपालले पनि त्यसमा सहकार्यको हातलाई बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याए ।



प्रतिक्रिया दिनुहोस !