१२ श्रावण २०८१, शनिबार

माओवादी नेता कालीबहादुर खाम पक्राउ

प्रकाशित मिति :  2 April, 2024 4:23 pm


काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्।

तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्याको आरोप लागेका उनलाई ठमेलबाट पक्राउ गरिएको हो ।उनी १५ वर्षदेखि प्रहरीको फरार सूचीमा थिए ।



प्रतिक्रिया दिनुहोस !