१२ श्रावण २०८१, शनिबार

बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव छैनः पूर्वप्रधानमन्त्री खनाल

प्रकाशित मिति :  2 April, 2024 5:00 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् ।

मंगलवार काठमाडौँमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताए । उनले सडकबाट जनताका आवाजहरू बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको बताए । उनले सदन र सडकलाई सँगसँगै उपयोग गरेमात्रै समाजवादी क्रान्ति सम्भव हुने बताए ।

उनले जनताको इच्छालाई बुझेर एकतावद्ध गरी आन्दोलित गर्ने कामहरु नगरीकन नेपाली विशेषताको समाजवाद आउन नसक्ने बताए । उनले अहिलेको सरकार विचार मिल्नेहरुको सरकार भएकाले प्रगतिशिल नीतिका कार्यक्रमहरू अघि बढाउन आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !