१२ श्रावण २०८१, शनिबार

नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु हुँदैनः अध्यक्ष नेपाल

प्रकाशित मिति :  2 April, 2024 5:10 pm


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानु नहुने बताएका छन् ।

मंगलवार काठमाडौँमा समाजवादी मोर्चाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पैसा हुनेले निर्वाचन जित्ने परिपाटी विकास भएको भन्दै निर्वाचनको यस किसिमको विकृतिलाई नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

उनले नेपालमा प्रत्यक्ष कार्यकारी आउँदा देशको सबै गहना लुटेर लग्ने जिकिर गरे । उनले नेपाली राजनीतिक कर्मीहरुहको आचरण सही नभएको ठहर गर्दै नराम्रो मानिस कार्यकारी भएको खण्डमा देशका लागि राम्रो हुन नसक्ने जिकिर गरे । उनले अहिलेको अवस्थामा संविधान सबै काम गर्नका लागि बाधक नभइ सहयोगी रहेको जिकिर गरे ।

उनले भने, “निर्वाचन प्रणालीका कुरा उठे, यसका आफ्नै समस्या छन् । पैसा हुनेले जित्ने, यो निर्वाचनको विकृतिलाई कसरी नियन्त्रण गर्ने ? यसको निम्ति कुनै प्रत्यक्ष निर्वाचनको परिपाटीले टुंगो लगाउँदैन । प्रत्यक्ष प्रणालीले निर्वाचनको कार्यकारीको टुंगो लगाउने भए अमेरिकामा राष्ट्रपतिको चुनाव भइरहेको छ, त्यो हेर्नुस् त । केही समय पहिला भएको फिलिपिन्समा चुनावको स्थिति हेर्नुस् त । अब हुन गइरहेको दक्षिण अफ्रिकाको राष्ट्रपतिको चुनाव हेर्नुस् त । हाम्रो आचरण यस्तो छ ।”

राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको अन्त्य गरेको भएपनि फेरि राजतन्त्रका शक्तिहरू सल्बलाउने र पुनःउत्थानवादीहरूले राजतन्त्र फर्काउने कोशिष गरिरहेको भन्दै समयमै सजग हुनुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस !