१२ श्रावण २०८१, शनिबार

राप्रपा सत्ता केन्द्रित कुनैपनि गतिविधिमा सामेल हुँदैनः अध्यक्ष लिङदेन

प्रकाशित मिति :  2 April, 2024 5:53 pm


काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टी कुनैपनि प्रकारको सत्ता केन्द्रित गतिविधिमा सामेल नहुने बताएका छन् ।

सबै प्रदेशमा नयाँ सत्तासमिकरण बनाउने गृहकार्य भइरहेका बेला उनले यस्तो प्रतिक्रिया दिएका हुन् । मंगलवार काठमाडौँमा आयोजित काठमाडौँ गीतको भिडियो सार्वजनिक गर्दै अध्यक्ष लिङदेनले कुनैपनि प्रकारको गठबन्धनमा आफ्नो पार्टी सामेल हुने सोच नबनाएको दाबी समेत गरे ।

लिङदेनले नयाँ सत्ता समिकरण बन्नसाथ आफूहरूले कुनैपनि गठबन्धनमा सामेल नहुने जानकारी गराएको पनि स्मरण गराए । उनले भने, “राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले कुनैपनि प्रकारको गठबन्धनमा समावेश हुँदैन । र त्यस प्रकारको कुनै पनि सोच बनाएको छैन । हामीले यो पछिल्लो सत्ता समिकरण बनेपछि स्पष्ट रूपमा भनेका छौं । राष्ट्रिय प्रजातन्त्र पार्टी सत्ता केन्द्रित कुनैपनि प्रकारको गतिविधिमा सामेल हुँदैन । देशभरबाट आउने हाम्रा शुभेच्छुकहरू को क्रम चलिराखेको छ । र चैत्र २७ गते काठमाडौँ ढाक्नेगरी जनसहभागिता हुन्छ । त्यसको तयारी अन्तिम चरणमा छ ।”

राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी चैत्र २७ गते वर्तमान व्यवस्था बिरुद्ध विशाल प्रदर्शनको तयारी गर्दै आएको छ । अध्यक्ष लिङदेनले सो प्रर्दशनीको तयारीको काम अन्तिम चरणमा पुगेको बताए ।



प्रतिक्रिया दिनुहोस !