२४ बैशाख २०८१, सोमबार

पहाडी भेगमा हल्का वर्षा, उच्च पहाड र हिमालमा हिमपातको सम्भावना

प्रकाशित मिति :  3 April, 2024 6:41 am


एआइले बनाएकाे समाचार प्रतिनिधि तस्बिर ।

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

बुधवार बिहान सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी आंशिक बदली र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आगामी २४ घण्टामा देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमानका लागि यहाँ क्लिक गर्न सक्नुहुनेछ।



प्रतिक्रिया दिनुहोस !