१२ श्रावण २०८१, शनिबार

राष्ट्रिय सभा वैठक वस्दै, यस्तो छ सम्भावित कार्यसूची

प्रकाशित मिति :  3 April, 2024 8:13 am


काठमाडौँ । बुधवार राष्ट्रिय सभा बैठक बस्ने भएको छ । दिउँसो १ः१५ बजेका लागि बैठक बोलाइएको छ ।

आजको बैठकमा अध्यक्षले राष्ट्रियसभाको उपाध्यक्ष पदको निर्वाचनको लागि दिन तोक्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने, विषयगत समिति र संयुक्त समितिमा सदस्यहरूको नाम मनोनयन तथा हेरफेर गर्ने सम्भावित कार्यसूची छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्नेलगायत सम्भावित कार्यसूची छ ।



प्रतिक्रिया दिनुहोस !