१२ श्रावण २०८१, शनिबार

गण्डकी प्रदेशका मुख्यमन्त्री पाण्डेले दिए राजीनामा

प्रकाशित मिति :  3 April, 2024 11:30 am


काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीनामा दिएका छन् । बुधबार मुख्यमन्त्री पाण्डेले प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन् ।

गत फागुन २३ माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्‌मा विश्वासको मत लिनुपर्ने थियो ।

पाण्डेले विश्वास प्राप्त गर्ने स्थिति नदेखेपछि राजीनामा दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !