१९ बैशाख २०८१, बुधबार

मकैको आवश्यकता प्रत्येक वर्ष बढ्दै गएको छः अध्यक्ष ढकाल

प्रकाशित मिति :  3 April, 2024 11:45 am


काठमाडौँ । उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा मकैको आवश्यकता प्रत्येक वर्ष बढेर गएको बताएका छन् ।

बुधवार काठमाडौँमा आयोजित मकै सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा माग र महत्व बढ्दै गइरहेको जिकिर गरे ।

उनले नेपालमा खासगरी पशुजन्य खाद्यान्नका लागि मकैको महत्व झनै बढेर गएको बताए । उनले गत आर्थिक वर्ष २०२१\२०२२ मा दाना उद्योगको लागि नेपालले १९ अर्ब ६५ करोडको मकै आयात गरेको बताउँदै मकैको उत्पादन वृद्धिका लागि केही पहलहरू भएपनि पर्याप्त नभएको जिकिर गरे ।

उनले भने, “मकै नेपालको प्रमुख खाद्यान्न भएको हिसावले अहिले औद्योगिक उत्पादनमा पनि दाना उत्पादनदेखि लिएर विभिन्न प्रकारले मकैको महत्वपूर्ण भुमिका छ । पछिल्लो तथ्यांकअनुसार ९ सय ८० हजार हेक्टर जमिनमा ३० लाख मकै उत्पादन भइरहेको छ । नेपालमा खासगरी पशुजन्य प्रोडक्टहरू छ । त्यसमा मकैको निकै महत्वपूर्ण भुमिका छ । नेपालको निजी क्षेत्रको वार्षिक करिव ६ लाख मेट्रिक्टन मकै आवश्यक पर्ने र १४० फिड मिलमा करिव ४० अर्ब जति लगानी गरेको तथ्यांक छ ।”

अध्यक्ष ढकालले सरकार र निजी क्षेत्रको सहकार्य र समन्वय आउने दिनमा अझै प्रभावशाली हुने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !