१२ श्रावण २०८१, शनिबार

उपनिर्वाचन: इलाम -२ मा मुख्य निर्वाचन अधिकृत तोकियो

प्रकाशित मिति :  3 April, 2024 1:40 pm


काठमाडौँ । प्रतिनिधिसभा सदस्य चयन गर्न आगामी वैशाख १५ गते हुने इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिएको छ ।

निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई हिजाे (मंगलबार) मुख्य निर्वाचन अधिकृत तोकेको हो । यही चैत २२ मा इलाम सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ । उपनिर्वाचन कार्यतालिकाअनुसार चैत २४ मा उम्मेदवारी मनोनयन हुनेछ।

उपनिर्वाचन भाग लिन आयोगमा २० दल दर्ता भएका छन्। निर्वाचनका लागि केन्द्रबाट आवश्यक सामग्री चैत २३ सम्ममा आइपुग्ने उक्त कार्यालयले जनाएको छ।

इलाम-२ मा ७९ मतदानस्थल र १४९ मतदान केन्द्र रहनेछन्। यी केन्द्रमा ८९४ जना कर्मचारी परिचालन हुनेछन्।



प्रतिक्रिया दिनुहोस !