१९ बैशाख २०८१, बुधबार

दूध किसानहरूको बक्यौता रकम तत्काल भुक्तानी गर्न एमालेका प्रमुख सचेतक बर्ताैलाकाे माग

प्रकाशित मिति :  3 April, 2024 1:48 pm


काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानहरूले लामो समयदेखि दुध भुक्तानीको रकम नपाएको भन्दै तत्काल उपलब्ध गराउन माग गरेका छन् ।

बुधवार बसेको प्रतिनिधि सभाको बैठकको शुन्य समयमा बोल्दै उनले देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी सरकारले गर्नुपर्नेमा मकवानपुर जिल्लाका किसानहरूलाई मात्रै करिव ६० करोड रहेको बताएका हुन् ।

उनले नेपाल कृषिप्रधान देश भएकाले कृषिमा किसानहरूलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान जान आवश्यक रहेको बताए ।

उनले किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिन आग्रह गरे। उनले भने,”किसानहरूले लामो समयदेखि दुधको मूल्य पाएका छैनन् । देशभर करिव ५ अर्ब भन्दाबढी दुधको मूल्य भुक्तानी गर्नुपर्ने छ । मकवानपुर जिल्लाका किसानहरुलाई मात्रै करिव ६० करोड छ । कृषि मन्त्रीज्युको ध्यानाकर्षण गराउन चाहन्छु । नेपाल कृषि प्रधान देश हो । सरकारले बजेट बनाउँदै छ । कृषिमा किसानहरुलाई राहत पुग्नेगरी बजेट निर्माण गर्ने प्रक्रियामा ध्यान पुगोस् । किसानको दुधको मूल्य तत्काल भुक्तानी हुने कुरामा कृषिमन्त्रीले पहल कदमी लिनुहोस् ।”

उनले खेतीपातिको समय सुरू भएको भन्दै किसानहरुले रासायनिक मल सहजता रूपमा उपलब्ध गराउन माग गरे ।



प्रतिक्रिया दिनुहोस !