१२ श्रावण २०८१, शनिबार

सुदूरपश्चिमकी राज्यमन्त्री गिरीलाई सांसद पदबाटै हटाउन पत्राचार

प्रकाशित मिति :  3 April, 2024 1:45 pm


काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।

अध्यक्ष श्रेठले सांसद गिरीलाई आज (बुधबार) पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएको बताएकी छिन् । उनले भनिन्, “पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा जवाफ नआएकोले हटाउने निर्णय गरिएको हो ।”

रेशम चौधरी पक्षले मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो । लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !