१२ श्रावण २०८१, शनिबार

सरकारले वन्यजन्तु आरक्ष पीडितको समस्या तत्काल सम्बोधन गर्नुपर्छः एमाले सांसद तामाङ

प्रकाशित मिति :  3 April, 2024 2:31 pm


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) का सांसद तारा लामा तामाङले वन्यजन्तु आरक्ष पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले कञ्चनपुरलगायतका वन्यजन्तु आरक्ष पीडितहरूको समस्या सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

सांसद तामाङलेसो सम्बन्धि समस्या पहिचानका लागि गठित न्यायिक समितिलाई अधिकार सम्पन्न बनाई कार्यादेश दिन पनि सरकारलाई दबाब दिए । सांसद तामाङले सरकारले आरक्ष पीडितहरूको समस्या समाधानका लागि गम्भिर नभएको र जनप्रतिनिधिको रूपमा आफूहरूले उठाएको मागलाई सम्बोधन गर्ने प्रयास समेत नगरेको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

सांसद तामाङले देशहरूका आरक्ष पीडितहरूले वन्यजन्तुको मार समेत व्यहोर्नु परिरहेकोतर्फ सरकार सचेत नभएको भन्दै आपत्ति समेत जनाए ।



प्रतिक्रिया दिनुहोस !