१२ श्रावण २०८१, शनिबार

आरोप लाग्नासाथ सांसदबाट पनि राजीनामा दिने सर्वदलिय सहमति गरौँः सांसद वाग्ले

प्रकाशित मिति :  3 April, 2024 2:40 pm


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले आरोप लाग्नासाथ पदबाट राजीनामा गर्नुपर्ने नजिर स्थापित गर्न सर्वदलिय सहमति गर्न प्रस्ताव गरेका छन् ।

बुधवार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद वाग्लेले सहकारी प्रकरणको सम्बन्धमा गृहमन्त्री रवि लामिछानेलाई रोष्टममा उभिएर बोल्न नदिएर निषेध गरिएको बताएका छन् ।

उनले यस प्रकारको असहिष्णुता र अनुदारवाद कहाँबाट आयो भनि प्रश्न समेत गरे । उनले आरोप लाग्नासाथ मन्त्रीबाट मात्रै होइन सांसदबाट पनि राजीनामा गर्नेगरी सर्वदलिय सहमती गर्न प्रस्ताव गरे । उनले आरोप लाग्नासाथ र जाहेरी पर्नासाथ राजीनामा दिने र संसदीय समिति गठन गर्ने नजिर स्थापना गर्न अन्य दल तयार भए रास्वपा पनि तयार रहेको बताए ।

उनले गृहमन्त्रीको जवाफले चित्त नबुझे संसदको सम्बन्धित समितिमा अथवा संसदीय छानविन समितिमा जान सकिने बताए ।



प्रतिक्रिया दिनुहोस !