१२ श्रावण २०८१, शनिबार

पोखरामा चैत्र २९ देखि १९ औँ ‘फेवा नव वर्ष महोत्सव’ हुने

प्रकाशित मिति :  3 April, 2024 3:58 pm


काठमाडौँ । होटल संघ पोखराको आयोजनामा चैत्र २९ देखि वैशाख १ गतेसम्म १९ औँ फेवा नव वर्ष महोत्सव आयोजना हुने भएको छ ।

बुधवार काठमाडौँमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । चैत २९ गतेदेखि आगामी वैशाख १ गतेसम्म फेवातालको किनारस्थित स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गर्न लागिएको आयोजकले बताएको छ ।

‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको संरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्नु मेलाको मुख्य उद्देश्य भएको आयोजकको भनाइ छ ।

कोभिड १९ पछि पूर्ववत अवस्थामा सञ्चालन हुन नसकेको होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं वाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको आयोजकको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै होटल एशोसिएशन नेपालका अध्यक्ष विनायक शाहले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएसँगै विदेशमा पनि राम्रो सन्देश गइरहेको बताए । उनले सरकारले सडक व्यवस्थित बनाउन र विमानस्थल सञ्चालन गर्न पहल गर्नुपर्ने बताए ।

महोत्सवमा गण्डकी प्रदेशमा रहेका रैथाने खानाको प्रवद्र्धन गर्ने, परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने, सांस्कृतिक झाँकीका कार्यक्रम, कलाकारहरूको प्रस्तुती, पर्यटक दौड प्रतियोगिता आयोजना हुने आयोजकले बताएको छ ।



प्रतिक्रिया दिनुहोस !