१२ श्रावण २०८१, शनिबार

माथिल्लो ओहोदामा पुगेका कर्मचारीलाई विदेशी कम्पनीमा काम गर्न निषेध गरौँ: योगेश भट्टराई

प्रकाशित मिति :  3 April, 2024 5:01 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले माथिल्लो ओहोदामा रहेका कर्मचारीलाई अवकाशपछि विदेशी कम्पनीमा काम गर्न नपाउने कानुनी व्यवस्था गर्नुपर्ने बताएका छन् ।

देशको गोपनीयता बाहिर जाने भएकाले पनि माथिल्लो तहमा पुगेका कर्मचारीहरूलाई विदेशी कम्पनीमा काम गर्न निषेध हुने कानुनी व्यवस्था गर्न आवश्यक रहेको उनको तर्क थियो ।

बुधवार प्रतिनिधि सभा बैठकमा संघीय निजामती सेवा विधेयकको सैद्धान्तिक पक्षमाथिको छलफलमा भाग लिँदै सचिव भट्टराईले दलीय आग्रह भन्दा माथि उठेर सो विधेयकको धेरै विषयमा छलफल गरेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । उनले विधेयकमा माथिल्लो तहका कर्मचारीहरूले तत्काल संवैधानिक अंगमा काम गर्न पाउने व्यवस्था गरिएकोमा आपत्ति जनाए ।

सचिव भट्टराईले ट्रेड युनियनहरूलाई पनि उत्पादनमुखी काममा लगाउने गरी कानुनी व्यवस्था गर्न आवश्यक रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !