१२ श्रावण २०८१, शनिबार

गृहमन्त्रीलाई बोल्न नदिएर काँग्रेसले संसदीय अराजकता मच्चायोः एमाले

प्रकाशित मिति :  3 April, 2024 5:56 pm


काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) ले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न नदिएर नेपाली काँग्रेसले राजनीतिक असहिष्णुता र संसदीय अराजकता मच्याएको आरोप लगाएको छ ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले काँग्रेसले सत्ता पक्ष र सिंगो नेपाली जनताले आफूमाथि लगाएको आरोपको खण्डन कसरी गर्छन् भनेर सुन्न चाहे पनि काँग्रेसले त्यो गर्न नदिएर संसदमा अराजकता मच्याएको बताएका हुन् ।

बुधवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीमाझ उनले काँग्रेसलाई सत्तामा नभएको एक महिना पनि नपुग्दै पीडा ओकल्ने खालको गतिविधि नगर्न पनि सचेत गराए । प्रमुख सचेतक बर्तौलाले गृहमन्त्रीलाई स्वीकार नगर्ने नीति हो ? भनि काँग्रेसलाई प्रश्न समेत गरे ।

प्रमुख सचेतक बर्तौलाले संसदीय मूल्य र मान्यतालाई क्षतविक्षत गराउने काम काँग्रेसले गर्न नहुने बताए।



प्रतिक्रिया दिनुहोस !